Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नाइजेरियामा बन्दुकधारीद्वारा एक हजार १९२ को हत्या

नाइजेरियामा बन्दुकधारीद्वारा एक हजार १९२ को हत्या

  • 509
    SHARES
  • नाइजेरियामा बन्दुकधारीद्वारा एक हजार १९२ को हत्या

    नाइजेरिया । नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरूले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् ।

    प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरूले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् ।

    साथै उनीहरूले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन् ।

    कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो । साथै गतवर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् । उनीहरूलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हुन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij