Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दक्षिण कोरियामा हालसम्मकै उच्च संक्रमित

दक्षिण कोरियामा हालसम्मकै उच्च संक्रमित

  • 757
    SHARES
  • दक्षिण कोरियामा हालसम्मकै उच्च संक्रमित

    दक्षिण कोरिया । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितहरूको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ संक्रमित भएका हुन् ।

    कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनको संक्रमण तीव्र रूपमा फैलिएकाले दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै भएको जनाइएको छ ।

    यसअघि एक दिनमा १८ हजार ३४२ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । दैनिक संक्रमितको संख्या २० हजार नाघेको बुधबार पहिलो पटक हो । 

    दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म संक्रमितहरूको कुल संख्या आठ लाख ८४ हजार ३१० पुगेको छ । नयाँ संक्रमित मध्ये चार हजार १८६ जना राजधानी सोलमै भेटिएका हुन । भाइरसको फैलावट ग्रामिण क्षेत्रमा पनि धेरै भएको अधिकारीहरूले जनाएका छन् ।   

    अहिले संक्रमित अवस्थामै रहेकाहरू मध्ये २७८ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको जनाइएको छ । कोरियामा पछिल्लो एक दिनमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कुल मृतकको संख्या छ हजार ७८७ पुगेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij