Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरू

अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरू

  • 527
    SHARES
  • अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरू

    अफगानिस्तान । अफगानिस्तानका पुस्तकालयहरूले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरूको आयोजना गरिरहेका छन् ।

    उनीहरूले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरू दिइरहेका छन् ।

    यस्ता सन्देशहरू दिँदै ती पुस्तकालयहरूले पुस्तक पढ्ने प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरेका छन् । यस्तै प्रतिस्पर्धाको आयोजना गर्यो हालै राजधानी काबुलको फायाजी पुस्तकालयले ।

    सो प्रतिस्पर्धामा उक्त पुस्तकालयले पुस्तक पढ्दा वैज्ञानिक ज्ञानको विकास हुने, विश्वभरका सूचना पाइने तथा समाजको बारेमा धेरै कुरा थाहा हुने भएकोले पुस्तक पढ्नुपर्छ भन्ने सन्देश भरिएका सूचनाहरू ठाउँ ठाउँमा राखेको थियो । 

    साथै शिक्षा, ज्ञान र सूचना बिना कुनै पनि देशको विकास हुदैन भन्दै त्यहाँका पुस्तकालयका कर्मचारीहरूले यस्ता सन्देशहरू पढेर सुनाएका थिए । 

    पुस्तकालयका कर्मचारीहरूले विशेष गरी युवा बर्गलाई पढ्ने बानीको विकास गराई अघि बढाउन उनीहरूले यो प्रतिस्पर्धाको आयोजना गरेको बताएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij