Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रदेश १ सरकारमाथि पूर्वमुख्यमन्त्री राईको आक्रोश

प्रदेश १ सरकारमाथि पूर्वमुख्यमन्त्री राईको आक्रोश

  • 640
    SHARES
  • प्रदेश १ सरकारमाथि पूर्वमुख्यमन्त्री राईको आक्रोश

    काठमाडौं । पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै उनले जनादेशबाट नभएर अध्यादेशमार्फत सरकार बनेको र तीन महिनासम्म पनि काम गर्न नसकेको आरोप लगाएका हुन् । 

    सरकारको असक्षमताप्रति मुख खोल्न र खबरदारी गर्न ढिला भइसकेको भन्दै उनले तीन महिनासम्म सरकार बाँडिचुँडी खानमात्र लागि परेको आरोप लगाए । यसका लागि मन्त्रालयहरू टुक्रयाएको र मन्त्री नियुक्ति नभएको मन्त्रालयमा दुई÷दुई जना स्वकीय सचिव नियुक्त गरेको उनको आरोप छ ।

    पुँजीगत खर्च र महत्वपूर्ण विकास आयोजनाहरुको बजेट कटौती गरेको राईले बताए । प्रदेश १ मा अहिले राजेन्द्रकुमार राई नेतृत्वको सरकार छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij