Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

हिउँ र पानी पर्दा त्रिभुवन राजपथमा यातायात अवरुद्ध

हिउँ र पानी पर्दा त्रिभुवन राजपथमा यातायात अवरुद्ध

  • 484
    SHARES
  • हिउँ र पानी पर्दा त्रिभुवन राजपथमा यातायात अवरुद्ध

    मकवानपुर । बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको छ ।

    बिहिबार राति ६ इन्च बाक्लो हिउँ र पानी परिरहेको मौसममा सुधार नआएपछि हिउँ पन्छाउन कठिनाइ भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताए ।

    हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपराह्नसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

    त्रिभुवन राजपथमा यातायात अवरुद्ध भएपनि पूर्वपश्चिम राजमार्ग र भीमफेदी-कुलेखानीतर्फ यातायात सेवा आज बिहानैदेखि सञ्चालन भइरहेको प्रवक्ता रिमालले बताए । अहिले हेटौँडासहित जिल्लाका विभिन्न भागमा चट्याङ परिरहेको पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij