वेबटिभी खबर
सोल । दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने नागरिकको संख्या निकै बढेको छ । अधिकारीहरूले दक्षिण कोरियामा अनलाइन सपिङ गर्नेको संख्या अहिलेसम्मकै बढी भएको पाइएको बताएका छन् ।
कोभिड १९ को समस्या बढ्दै गएपछि नागरिकहरूले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरू पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ । गत वर्ष यहाँ अघिल्लो वर्षका तुलनामा नागरिकले २१ प्रतिशत बढीले अनलाइनबाटै खरिद गर्ने गरेका पाइएको छ ।
गत वर्ष यहाँका नागरिकले करिब १६० बिलियन अमेरिकी डलर बराबरका सामानहरू अनलाइनबाटै खरिद गरेका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको यहाँका आर्थिक क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।
उनीहरूले कोभिडका कारण नै नागरिकहरू बाहिर ननिस्किएर अनलाइनबाट सामान मगाएको पाइएको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij