वेबटिभी खबर
काठमाडौं । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल)लाई संघीय सरकारले निर्धारण गरेको न्युनतम तलब उपलब्ध गराएको छ ।
पालिकाले सबैलाई मासिक १५ हजार रूपैयाँको दरले तलब उपलब्ध गराएको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र वनले बताए ।
उनका अनुसार पालिकाले इसीडी शिक्षक र विद्यालय सहयोगीलाई ७ हजार रूपैयाँ थप गरेर मासिक १५ हजार उपलब्ध गराएको छ भने सहायक लेखापाललाई संघीय सरकारले उपलब्ध गराएको रकममा १५ सय रूपैयाँ थप गरेर न्युनतम तलब उपलब्ध गराइएको छ ।
पालिकाभित्रका सामुदायिक विद्यालयमा १७ जना इसीडी शिक्षक, १८ जना विद्यालय सहयोगी र ६ जना सहायक लेखापाल कार्यरत रहेको शाखा प्रमुख वनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij