Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

स्थानीय सरकारको अधिकार प्रयोग गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं : मेयर चालिसे 

स्थानीय सरकारको अधिकार प्रयोग गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं : मेयर चालिसे 

  • 989
    SHARES
  • स्थानीय सरकारको अधिकार प्रयोग गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं : मेयर चालिसे 

    कोरोना संक्रमण उच्च गतिमा बढेपछि सरकारले माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गर्यो । सरकारी निर्णयअनुसार देशभरका सबै शैक्षिक संस्था बन्द भएका छन् ।

    तर, संघीय राजधानी काठमाडौंकै गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका निजी तथा सामुदायिक विद्यालय आगामी माघ २३ गते आइतबारदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णयसहित सूचना जारी गर्यो ।

    सरकारी सूचनालाई वेवास्ता गर्दै स्थानीय सरकारले भौतिक रुपमै विद्यार्थीलाई बोलाएर कक्षा सञ्चालन गरेर चुनौती दिएको देखिन्छ । नगरपालिकाको शिक्षा समितिले गत मंगलबार बैठक बसेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । 

    यसै विषयमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख(मेयर) सन्तोष चालिसेसँग वेबटिभी खबरले गरेको कुराकानीको अंश :

    संघीय सरकारको निर्णय तपाईहरुले नमान्ने हो ?

    हामीले संघीय सरकारको निर्णय नमानेको नै भन्न त मिल्दैन । नगरपालिकाभित्रका सबै विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको मन्जुरीमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौँ ।

    उहाँहरु सबैसँग पटक/पटक छलफल गरेर यो निर्णय गरिएको हो । सरोकारवाला सबै विद्यालय खोल्न शतप्रतिशत राजी भएपछि नगरपालिका विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगेको हो । 

    स्थानीय सरकारको अधिकार प्रयोग गरेर हामीले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौँ । संविधानले पनि हामीलाई उक्त निर्णय गर्न सक्ने अधिकार दिएको छ । 

    सीसीएमसीले पनि नखोल्नु भनेको छ हैन ? 

    कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसी) हामी जान्दैनौँ । हाम्रो नगरपालिकाभित्र कोरोना महामरीको जोखिम न्यून छ । उहाँहरु विद्यालय बन्द गरेर आनन्दले बस्न खोज्नु हुन्छ । तर सधैँ त्यसो गरेर हुुँदैन । विद्यार्थीहरुको अध्ययनलाई अघि बढाउनुपर्छ । 

    हामीले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरेर विद्यालय सञ्चालन गर्नुपर्छ । कोरोना महामारीको दोस्रो लहरमा पनि यसरी नै विद्यालय सञ्चालन गर्ने निर्णय नगरपालिकाले गरेको थियो । अघिल्लो लहरको कोरोना महामारी भन्दा अहिलेकोमा जोखिम पनि न्यून रहेकाले विद्यालय सञ्चालन हुन्छ । कोरोनाको कारण देखाएर सधैँ विद्यालय बन्द गर्न मिल्दैन । 

    अनलाइन कक्षा पनि सञ्चालन गर्न सकिन्छ हैन ?

    सबैसँग सबै सुविधा हुन्छ भन्ने निश्चित हुँदैन् । नगरपालिकाभित्रका विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थीहरुसँग मोवाइलसमेत छैन् । त्यसमा पनि सामुदायिक विद्यालयका अध्ययन गर्ने अधिकांश विद्यार्थीहरुसँग अनलाइन पढ्नका लागि न्यनतम चाहिने मोवाइल छैन । कतिपय विद्यार्थीहरुसँग इन्टरनेटको सुविधा छैन ।

    यसअघि चलाइएका अनलाइन कक्षाहरु प्रभावकारी नदेखिएको अनुभव हामीसँग छ । अनलाइन कक्षामा अधिकांश विद्यार्थीहरुको पहुँच नपुग्ने भएका कारण पनि हामीले भौतिक रुपमै कक्षा सञ्चालन गर्ने निर्णय गरेका हौँ । 

    अन्य नगरपालिकाहरुले के गर्छन हामी जान्दैनौ हाम्रो नगरपालिका भित्रका विद्यालयहरु निर्णअनुसार आइतबारबाट खुल्छन् ।

    नगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेपछि नखोल्नु भनेर संघीय सरकार, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालयबाट दबाब आएको छैन ?

    स्थानीय सरकारको अधिकार भएकाले कसैको दबाबको कुनै अर्थ छैन् । यद्यपी विद्यालय खोल्ने निर्णय हामीले गरेपछि कसैले कुनै दबाब दिएका छैनन् । हामीले हरेक पाटोमा दशौं पटक विचार गरेर मात्र विद्यालय खोल्ने निर्णय गरेका हौं । कोरोना भाइरस फैलिन हुँदैन भन्नेमा हामी सचेत छौं । जनस्वास्थ्यका मापदण्ड पालना गरेर नै विद्यालय संचालन हुने हो । 

    आलोपालो गरेर कक्षा सञ्चालन गर्ने निर्णय आलोपालो गरेर कक्षा सञ्चालन गर्ने निर्णय आइतबारदेखि विद्यालय खोल्ने निर्णय [सूचनासहित]

    आइतबारदेखि विद्यालय खोल्ने निर्णय [सूचनासहित]

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij