Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राजेन्द्र लिङ्देन-कमल थापा भेट : निर्मल निवासको हस्तक्षेपबारे छलफल गर्ने प्रतिबद्धता

राजेन्द्र लिङ्देन-कमल थापा भेट : निर्मल निवासको हस्तक्षेपबारे छलफल गर्ने प्रतिबद्धता

  • 759
    SHARES
  • राजेन्द्र लिङ्देन-कमल थापा भेट : निर्मल निवासको हस्तक्षेपबारे छलफल गर्ने प्रतिबद्धता

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शनिबार लिङ्देन आफैं विशानगरस्थित थापाको निवास पुगेका थिए । दुई नेताबीच पार्टीमा देखिएको विवादका विषयमा छलफल भएको थियो ।

    महाधिवेशन सकिएको दुई महिनापछि दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा थापाले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न आफूले २७ मंसिर र १६ माघमा अध्यक्षलाई पत्र लेखे पनि कुनै प्रत्युत्तर नआएको गुनासो गरेका थिए । जवाफमा लिङ्देनले निर्मल निवासको हस्तक्षेपबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।

    ‘दुई नेताबीच अहिले देखिएका विषयमा लामो कुराकानी भयो । निवर्तमान अध्यक्षज्यूले राखेको प्रस्तावबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो,’ राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले न्युज कारखानासँग भने, ‘उहाँ ९थापा० अध्यक्षज्यूको पत्रको प्रतीक्षामा हुनु हुन्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij