वेबटिभी खबर
गलेश्वर । गत विहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध म्याग्दीको धौलागिरी गाउँपालिका-१ गुर्जाको विद्युत् र सञ्चार सेवा सुचारु भएको छ ।
स्थानीयवासीको सहयोगमा विद्युत् र सञ्चारका उपकरणको मर्मतपछि सेवा तीनदिनपछि पुनः सञ्चालनमा आएको धवलागिरी-१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए ।
उनकाअनुसार यही माघ २० गते बिहानैदेखि गुर्जामा हिउँले ती उपकरणमा क्षति पुर्याएपछि सेवा अबरुद्ध भएको थियो ।
विद्युत् सेवा सञ्चालनमा आएपछि मोबाइल र इन्टरनेट सेवा समेत सुचारु भएका छन् । गुर्जा क्षेत्रमा अझैसम्म तीन फिटभन्दा बढी हिउँ जमेको छ ।
यसैगरी हिमपातका कारण अवरुद्ध भएको लुलाङदेखि गुर्जा जाने पदमार्ग पनि खुलाउने प्रयास भैरहेको वडाअध्यक्षले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij