Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाएनन् तोकिएको तलब, अब के होला ? 

इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाएनन् तोकिएको तलब, अब के होला ? 

  • 1.2K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाएनन् तोकिएको तलब, अब के होला ? 

    काठमाडौं । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले अहिलेसम्म प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर, लेखापाल) लाई संघीय सरकारले निर्धारण गरेको न्युनतम तलब दिएको छैन ।

    सरकारको घोषणा अनुसार पालिकाले गत साउन महिनाबाट इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक १५ हजार रूपैयाँ उपलब्ध गराउनुपर्ने हो । तर, पालिकाले अहिलेसम्म पनि उक्त रकम नदिएको साे नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूले जनाएका छन् ।

    पालिको इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले पठाएको रकम मात्र उपलब्ध गराउँदै आएको शिक्षा शाखा अधिकृत भोजकुमार ठाकुरले बताए । सरकारले इसीडी शिक्षक र विद्यालय सहयोगीका लागि मासिक ८ हजार रूपैयाँ र लेखापालका लागि १३ हजार ५०० रूपैयाँ पठाउँछ ।

    पालिकाले इसीडी शिक्षककालाई मासिक १ हजार रूपैयाँ थप गरेर दिने गरेको ठाकुरले बताए । अन्य कर्मचारीलाई संघले पठाएको रकम उपलब्ध गराउने गरेको उनको भनाइ छ । बजेट अभावलगाय विभिन्न कारण यी कर्मचारीको तलब बढाउन नसकिएको उनको भनाइ छ ।   

    नमोवुद्धले दियाे इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब नमोवुद्धले दियाे इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब

    पनौतीमा इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई समान तलब पनौतीमा इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई समान तलब

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij