Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पत्रकारलाई उपचारमा २० प्रतिशत छुट

पत्रकारलाई उपचारमा २० प्रतिशत छुट

  • 396
    SHARES
  • पत्रकारलाई उपचारमा २० प्रतिशत छुट

    डोटी । सुजङ अस्पताल दिपायल राजपुरले जिल्लामा कार्यरत पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाको समन्वयमा अस्पतालले पत्रकार तथा उनीहरूका परिवारलाई सहुलियत दिने निर्णय गरेको हो ।

    ल्याबमा सबै प्रकारका जाँच, एक्सरे, भिडियो एक्सरेलगायतका सेवा निःशुल्क, विषेशज्ञ सेवामा बाहेक अन्य सेवामा सहुलियत प्रदान गरिने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए ।अस्पतालका प्रशासन प्रमुख बलायर र पत्रकार महासंघका अध्यक्ष मोहन शाहीले स्वास्थ्य सेवामा छुटगर्ने गरी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको शाखा सचिव केशवचन्द्र महराले बताए ।

    उनकाअनुसार सम्झौताअनुसार स्वास्थ्य सेवालिने व्यक्ति महासंघको साधारण सदस्य हुनुपर्ने छ । स्वास्थ्य सेवालिन जाँदा महासंघको सदस्यताको परिचयपत्र र महासंघको सिफारिस पेश गर्नुपर्ने प्रावधान गरिएको छ ।

    जिल्लामा पत्रकारले निर्वाह गरेको सामाजिक उत्तरदायित्व, मर्यादा, स्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको योगदान र भूमिकाको मूल्याङ्कनगर्दै स्वास्थ्य उपचारमा सहजता पुगोस् भन्ने उद्देश्यले उपचारमा सहुलियत दिने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख बलायरले बताए ।

    मोफसलमा पत्रकारिता गरिरहेका पत्रकारको आर्थिकअवस्था अहिलेपनि कमजोर रहेको हुँदा अस्पतालले पत्रकार तथा उनीहरूका परिवारका लागि उपचारमा सहुलियत दिने निर्णय सराहनीय भएको महासंघका अध्यक्ष शाहीले बताए ।

    महासंघले जिल्लामा रहेका अन्य अस्पतालसँग पनि पत्रकार तथा उनीहरूका परिवारको उपचारका लागि सहुलियत दिलाउन पहल गर्ने अध्यक्ष शाहीले जानकारी दिए । सुजङ अस्पताल ५० शय्याको सामुदायिक अस्पताल हो । अस्पतालले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई पनि उपचारमा सहुलियत दिँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij