Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

६ सय विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

६ सय विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

  • 552
    SHARES
  • ६ सय विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

    काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा ६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ६ सय परिवारको निःशुल्क बीमा गरेको हो ।

    आर्थिक अभावका कारण कुनैपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाइएको छ ।

    नागरिकको स्वास्थ्यको रक्षा गर्नु नगरको दायित्व रहेकाले यस वर्षदेखि विपन्न नागरिकको स्वास्थ्य बीमा गर्न थालिएको नगरप्रमुख भीम न्यौपानेले बताए ।

    उनकाअनुसार उक्त बीमा कार्यक्रमबाट करिब ३ हजार नागरिक लाभान्वित हुनेछन् । वडा कार्यालयले विपन्न परिवार पहिचान गरी सिफारिस गरेको आधारमा बीमा गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

    हाल प्रति वडा ५० परिवारका दरले सिफारिस गरिएको छ । बिमित परिवारले आउँदो फागुन १ गतेदेखि धुलिखेल अस्पताल र बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालबाट सेवा लिनसक्ने जनाइएको छ ।

    स्थानीय नागरिक, सहकारी संस्था र नगरको सहकार्यमा अन्य आर्थिक अवस्था कमजोर भएका करिब ४ हजार परिवारको स्वास्थ्य बीमागर्ने नगरको योजना छ । नागरिक र सहकारीको ३३/३३ प्रतिशत तथा नगरको ३४ प्रतिशत रकमबाट उक्त परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij