वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रीय सदस्य अभिषेक थापाले जानकारी दिए ।
अभिषेकका अनुसार आज गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
राप्रपाकाे केन्द्रीय महाधिवेशनमा लिङ्देनसँग पराजीत भएपछि थापाले अर्काे पार्टी खाेल्नसक्ने अनुमान गरिएकाे थियाे ।
जहिल्यै प्रमुख पदमा भइरहनु पर्ने थापाकाे महत्वाकांक्षाका कारण राप्रपा पटक-पटक फुट्दै आएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij