Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सेती प्राविधिक शिक्षालयमा अनियमितताको विषयमा छानबिन समिति गठन

सेती प्राविधिक शिक्षालयमा अनियमितताको विषयमा छानबिन समिति गठन

  • 442
    SHARES
  • सेती प्राविधिक शिक्षालयमा अनियमितताको विषयमा छानबिन समिति गठन

    डोटी । सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप-निर्देशक देवसिंह धामीको नेतृत्वमा समिति गठन भएको छ ।

    उक्त शिक्षालयमा आर्थिकलगायत अन्य विभिन्न विषयमा अनियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले उपनिर्देशक धामीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

    समितिले मंगलबारदेखि आफ्नो काम थालनी गरेको छ । उक्त समितिमा जिल्ला प्रशासन र कोलेनिका प्रतिनिधि रहेका छन् । शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवलाई  जिम्मेवारीबाट हटाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij