Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेप्सेमा १६ अंकको गिरावट,कारोबार रकम पनि घट्यो

नेप्सेमा १६ अंकको गिरावट,कारोबार रकम पनि घट्यो

  • 494
    SHARES
  • नेप्सेमा १६ अंकको गिरावट,कारोबार रकम पनि घट्यो

    काठमाडौं । मंगलबार नेप्से परिसूचक १६ दशमलव ३० अंकले घटेर २ हजार ८३५ दशमलव ५८ बिन्दुमा पुगेको छ ।

    यसदिन कुल २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ शेयर ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

    आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक बढेको छ । यसदिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४७ प्रतिशत, निर्जिवन बीमा ०.४३ प्रतिशत,उत्पादन तथा प्रशोधन ०.३८ प्रतिशत, होटल तथा पर्यटन ०.१२ प्रतिशत र व्यापार उपसमूह ०.०९ प्रतिशतले बढेको छ ।

    यसदिन कारोबारमा आएका जलविद्युत तथा लगानी उपसमूहको परिसूचक सर्वाधिक १.५४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जीवन बीमा उपसमूहको परिसूचक १.०७ प्रतिशत, विकास बैंक १.०२ प्रतिशत, लघुवित्त ०.६५ प्रतिशत, वित्त ०.३७ प्रतिशत, बैंकिङ ०.३६ प्रतिशत र अन्य ०.०९ प्रतिशत घटेको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij