Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै

जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै

  • 685
    SHARES
  • जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै

    पोखरा । गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रोषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो ।

    यसका लागि स्वास्थ्य निर्देशनालय र रेडक्रस सोसाइटीबीच सम्झौता प्रारम्भ भएको जनाइएको छ । रेडक्रस गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालकाअनुसार जिपिएसबाट पूर्व अस्पताल स्वास्थ्य सेवा प्रणाली विकास गरी सेवा पुर्याउने उद्देश्य राखिएको छ ।

    प्रदेशमा सरकारी अस्पताल, रेडक्रस अन्य सामाजिक संघसंस्था र निजी अस्पतालकासमेत २१६ एम्बुलेन्स सञ्चालनमा छन् । यस वर्ष १५० एम्बुलेन्समा जिपिएस जडान गरिने र बाँकीलाई अर्को आर्थिक वर्षमा जडान गरिनेछ ।

    यस कार्यक्रमको लागि स्वास्थ्य निर्देशनालयबाट करिब ३८ लाख र नेपाल रेडक्रसबाट करिब  ६२ लाख खर्च गर्नेछन् । एउटा एम्बुलेन्समा जिपिएस जडान गर्न करिब १२ हजार र वार्षिक रिचार्ज गर्न करिब ४ हजार ५ सय खर्च लाग्ने बताइएको छ ।

    यही माघ २३ र २४ गते रेडक्रस र सरकारी अस्पतालका गरी २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ भने बिस्तारै ११ वटै जिल्लामा यो सेवा विस्तार गरिने जनाइएको छ । रेडक्रसका ११ जिल्ला शाखा र उपशाखामा गरी २५ एम्बुलेन्स सञ्चालनमा छन् यस कार्यक्रम अन्तर्गत ‘ग’ वर्गका एम्बुलेन्सलाईस्तर उन्नती गरी ‘ख’ वर्गमा लगिने छ ।

    एम्बुलेन्स चालकलाई प्राथमिक उपचारसहित पूर्व अस्पताल सेवा सम्बन्धी ३ दिन तालिम प्रदान गरिने छ भने प्रेषण केन्द्रका कर्मचारीलाई ६ दिनको तालिम दिइनेछ । त्यस्तै, प्रत्येक जिल्लामा एक/एक दिनको अभिमुखिकरण तालिम सञ्चालन हुनेछ ।

    प्रदेशभरि एम्बुलेन्सको लागि १०२ नम्बरमा सञ्चालनमा ल्याइएको छ । ‘डिस्प्याच सेन्टर’स्वास्थ्य निर्देशनालयमा राखी सञ्चालन गरिने जनाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij