Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

७८ पटक संक्रमण, १४ महिनादेखि आइसोलेसनमा !

७८ पटक संक्रमण, १४ महिनादेखि आइसोलेसनमा !

  • 487
    SHARES
  • ७८ पटक संक्रमण, १४ महिनादेखि आइसोलेसनमा !

    एजेन्सी, अंकारा । टर्कीका एक पुरुष कोभिडकै कारण १४ महिना आइसोलेसनमा बिताएका छन् । सन् २०२० को नोभेम्बरमा पहिलो पटक कोभिड पोजेटिभ भएका उनलाई पटक पटक गरी ७८ पटक संक्रमण भएको छ ।

    ५६ वर्षीय मुजाफ्फर कायसन विगत एक वर्षदेखि आफ्नो घर र अस्पतालमा सीमित छन् । उनी पहिल्यकै अवस्थामा फर्किन चाहन्छन् । 

    सन् २०२० को नोभेम्बरमा कोभिड भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला उनमा कोभिडको खराब लक्षण देखिएको थियो । भाइरस उनको स्वास्थ्य प्रणालीमा नै रहेको थियो । पहिलो पटक पोजेटिभ देखिएपछि गरेका हरेक परीक्षणमा पोजेटिभ देखिएको थियो, जसका कारण उनी अस्पताल वा घरमै आइसोलेसनमा बस्न बाध्य भएका थिए । 

    कायसन ल्युकेमियाका बिरामी हुन् । चिकित्सकहरुका अनुसार रोग प्रतिरोध क्षमता कमजोर भएकोले लामो समयसम्म उनको शरीररमा कोभिडको लक्षण देखिएको हो । उनको प्रतिरक्षा प्रणालीमा सुधार गर्न चिकित्सकले उनलाई औषधि खान सुझाव दिँदै आएका छन् । तर, सो प्रक्रिया लामो र जटिल भएको बताइएको छ । 

    लामो समय एक्लै बस्दा उनको सामाजिक जीवन अस्तव्यस्त बनेको छ । उनी  साथीभाईसँग बसेर बोल्न पाएका छैनन् । उनले आफ्नो छोरा र नातिनातिनालाई झ्यालबाट मात्र हेर्छन् । उनकी पत्नि र कान्छा छोरा मात्र उनीसँग बस्छन् । 

    ‘मेरा प्रियजनहरुलाई छुन नपाउनुबाहेक मलाई कुनै समस्या छैन । मेरो स्वास्थ्य समस्याका कारण खोप लगाउन पाएको छैन,’ कायसनले समाचार संस्था अनादोलुलाई भने ।  
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij