Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अध्यापन अनुमतिपत्रको विज्ञापन प्रक्रिया अगाडि बढाउन आयोगलाई शिक्षामन्त्रीको निर्देशन

अध्यापन अनुमतिपत्रको विज्ञापन प्रक्रिया अगाडि बढाउन आयोगलाई शिक्षामन्त्रीको निर्देशन

  • 1.4K
    SHARES
  • अध्यापन अनुमतिपत्रको विज्ञापन प्रक्रिया अगाडि बढाउन आयोगलाई शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगलाई अध्यापन अनुमति पत्रको विज्ञापन चाँडै खोल्न निर्देशन दिएका छन् ।

    शिक्षक सेवा आयोगको २३औं स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै मन्त्री पौडेलले यस्ताे निर्देशन दिएका हुन् ।

    शिक्षक सेवा आयोगले शिक्षक दरबन्दी, शिक्षकको आन्तरिक बढुवा प्रक्रिया अगाडि बढाएको भन्दै अध्यापन अनुमति पत्रको विज्ञापन पनि चाँडै खोल्न मन्त्री पाैडेलले निर्देशन दिए ।

    शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन प्रक्रिया अगाडि बढाउन विलम्ब गर्न नहुने भन्दै मन्त्री पाैडेलले कानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्ने बताए ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij