Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

काभ्रेकाे खानीखोला गाउँपालिकाले तलबमा गर्‍यो यस्ताे विभेद 

काभ्रेकाे खानीखोला गाउँपालिकाले तलबमा गर्‍यो यस्ताे विभेद 

  • 662
    SHARES
  • काभ्रेकाे खानीखोला गाउँपालिकाले  तलबमा गर्‍यो यस्ताे विभेद 

    काठमाडौं । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले विद्यालय सहयोगीहरूलाई तलबमा विभेद गरेको छ ।

    गाउँपालिकाले विद्यालयमा कार्यरत अन्य कर्मचारीहरूलाई संघीय सरकारले निर्धारण गरेको न्युनतम तलब उपलब्ध गराए पनि विद्यालय सहयोगीलाई भने दिएको छैन ।

    गाउँपालिकाले विद्यालय सहयोगीलाई विद्यालयको तह अनुसार मासिक ९ हजारदेखि १२ हजार रूपैयाँसम्म दिएको छ । गाउँपालिकाको शिक्षा शाखा अधिकृत विष्णुबहादुर अधिकारीका अनुसार प्राथमिक तहका विद्यालय सहयोगीलाई मासिक ९ हजार, निम्न माध्यमिक तहका सहयोगीलाई १० हजार, माध्यमिक तह (१० कक्षासम्म) का सहयोगीलाई ११ हजार र ११ र १२ कक्षासमेत सञ्चालन भएका विद्यालयमा कार्यरत विद्यालय सहयोगीलाई मासिक १२ हजार रूपैयाँ दिइएको छ ।

    त्यस्तै प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई मासिक १५ हजार रूपैयाँ र लेखापाललाई मासिक १८ हजार रूपैयाँ उपलब्ध गराइएको उनले बताए ।

    गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा २४ जना इसीडी शिक्षक, ३८ जना विद्यालय सहयोगी र ८ जना लेखापाल रहेको अधिकारीले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij