Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध

सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध

  • 501
    SHARES
  • सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध

    ताप्लेजुङ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध भएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध भएको हो ।

    यसअघि गएको शुक्रबार र सोमबार उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए ।

    लिम्बूकाअनुसार गएको शुक्रबार र सोमबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको थियो । आज उडान अवरुद्ध बनेपछि काठमाडौंका लागि टिकट लिएका १४ जना यात्रु रोकिएका छन् । काठमाडौंदेखि ताप्लेजुङ आउन लागेका १२ जना यात्रु पनि उतै रोकिएका स्टेसन इन्चार्ज लिम्बूले बताए ।

    सुकेटारमा हिमपातसँगै प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा पटक-पटक उडान अवरुद्ध हुँदै आएको नेपाल वायु सेवा निगमका ताप्लेजुङले जनाएको छ । निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार उडान सञ्चालन गर्दै आएको छ ।

    बाक्लो हुस्सुसहित मौसम धुम्मिएकाले चिसोका कारण जिल्लाको जनजीवनसमेत प्रभावित बनेको छ । यसअघि पहिलो पटक हिमपात हुँदा पनि यहाँको उडान अवरुद्ध बनेको थियो । यस्तै सीता एअरलाइन्सको उडान पनि अवरुद्ध भएको ताप्लेजुङका सम्पर्क व्यक्ति श्रीप्रसाद खड्काले जानकारी दिए ।

    आज बिहानको ताप्लेजुङको न्यूनतम् तापक्रम भने ५.४ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij