Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पाटेबाघको अस्थिपञ्जर फेला

पाटेबाघको अस्थिपञ्जर फेला

  • चैत्र २६, २०७७ बिहिवार २१:५३ बजे
  • 921
    SHARES
  • पाटेबाघको अस्थिपञ्जर फेला

    नवलपुर । राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ । 

    गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर-१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो ।

    पाटेबाघको अस्थिपञ्जर फेला परेपछि डिभिजन वन कार्यालयको टोलीले मुचुल्का उठाएर अस्थिपञ्जर लिएर आएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । 

    सडेको अवस्थामा फेला परेको भए पनि खप्परको स्वरुपको आधारमा पाटेबाघ भएको पहिचान गरिएको भन्दै खनालले यसबारे थप जानकारी अनुसन्धानपछि मात्रै थाहा हुने बताए । 

    अस्थिपञ्जरको अनुसन्धानपछि मात्रै बाघको लिङ्ग र उमेरबारे भन्न सकिने खनालको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # पाटेबाघ
  • # अस्थिपञ्जर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij