Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

शिक्षामा बजेट बढाउने कार्यक्रम तयार गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षामा बजेट बढाउने कार्यक्रम तयार गर्न शिक्षामन्त्रीको निर्देशन

  • 2.5K
    SHARES
  • शिक्षामा बजेट बढाउने कार्यक्रम तयार गर्न शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७८/०७९को दोस्रो त्रैमासिक प्रगती समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिएका हुन् ।

    मन्त्रालयको पूँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पूँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरूलाई निर्देशन दिए । ‘पूँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ,’ उनले भने, ‘एक महिनाको अविधिमा ट्रयाकमा ल्याउनेगरी काम गरौं कुनै अप्ठ्यारो परे फुकाउन तयार छु ।’

    साथै उनले कर्मचारीले काम गर्न खोजेको भएपनि मूर्तरूपले अघि बढ्न नसक्दा पूँजीगत खर्च कम भएकोमा चिन्ता व्यक्त गरे । ‘प्रक्रियामा रहेका कार्यक्रमहरू छिटो अघि बढाउन पर्यो मन्त्री पौडेलले भने, ‘घोषित निर्वाचनले काममा प्रभावित भयो भन्ने सुन्न नपरोस् ।’

    साथै उनले शिक्षामा बजेटको आकार बढाउने गरी कार्यक्रम तयार गर्न कार्यालयका प्रमुखहरूलाई निर्देशन पनि दिए । ‘मन्त्रालयमा समस्या सृजना हुनुभनेका चुनौती हो ।’ मन्त्री पौडेलले भने, ‘समाधानका लागि कर्मचारीमा कार्यक्षमता र कार्यकुशलता आवश्यक पर्छ ।’

    मन्त्रालयको दोस्रो त्रैमासिक प्रगती विवरणअनुसार चालुतर्फ भौतिकमा ५२ प्रतिशत, वित्तियमा ३८.८९ प्रतिशत, पूँजीगततर्फको भौतिकमा २० प्रतिशत र वित्तियतर्फ ३ प्रतिशत रहेको छ । यस्तै संघमा ३२.७ प्रतिशत, प्रदेशमा ६४.४८ प्रतिशत र स्थानीय तर्फ २.८२ प्रतिशत रहेको छ । 
      

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij