Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

फरार प्रतिवादी २० वर्षपछि पक्राउ

फरार प्रतिवादी २० वर्षपछि पक्राउ

  • 426
    SHARES
  • फरार प्रतिवादी २० वर्षपछि पक्राउ

    सिन्धुपाल्चोक । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस-६ का हाल चौतारा साँगाचोकगढी नगरपालिका-४ बस्ने ५० वर्षीय चोपनाथ नेपाल रहेका छन् ।

    उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेको छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिए ।

    मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको २०५८ साल पुस १६ गतेको फैसलाले नेपाललाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।

    जिल्ला अदालतको बुधबार २६ गतेको आदेशले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार नै कारागार कार्यालय चौतारा चलान गरेको बस्नेतले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology