Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पार्टी मुख्यालयमा नेविसंघको प्रदर्शन 

पार्टी मुख्यालयमा नेविसंघको प्रदर्शन 

  • 503
    SHARES
  • पार्टी मुख्यालयमा नेविसंघको प्रदर्शन 

    काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी मुख्यालय सानेपामा प्रदर्शन गरेकाे छ । संघको महाधिवेशनको माग गर्दै उनीहरूले पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् ।

    म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने र रिक्त पदमा मात्र मनोनयन गर्नुपर्ने उनीहरूको माग छ ।

    केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका नेताहरूलाई उनीहरूले संघलाई अन्यौलमा नराख्न आग्रह गरेका छन् ।

    नेविसंघका नेता सुशील भट्टले पार्टीका भातृसंगठनलाई निष्कृय नवनाउन ध्यानाकर्षण गराइएको बताए । महाधिवेशन सुनिश्चीत गर्न दबाब आवश्यक रहेको उनको भनाइ छ ।

    सो क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भातृ संगठनको विषयमा उचित निर्णय गर्ने जानकारी दिए ।

    लामो समयदेखि नेविसंघको अधिवेशन हुन सकेको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij