Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

काेराेना खोप लगाउनेलाई रेस्टुरेन्ट फ्रि खाना, बियर र गाँजा

काेराेना खोप लगाउनेलाई रेस्टुरेन्ट फ्रि खाना, बियर र गाँजा

  • चैत्र २७, २०७७ शुक्रवार ११:२३ बजे
  • 967
    SHARES
  • काेराेना खोप लगाउनेलाई रेस्टुरेन्ट फ्रि खाना, बियर र गाँजा

    बेइजिङ । विश्वका धेरै देशमा कोरोना भाइरसको दोस्रो, तेस्रो लहर फैलिएको छ । महामारी रोक्नका लागि खोपलाई नै सबैभन्दा बलियो तरिका मानिएको छ । तर खोप अभियानका क्रममा विश्वमा देशहरु दुईतिर बाँडिएका छन् ।

    images

    कतिपय देशमा खोपको अभाव छ भने, कतिपय देशका मानिसहरु खोप लगाउन मानिरहेका छैनन । ती देशमा खोप लगाउन मानिसहरुलाई प्रेरित गर्न विभिन्न अफर ल्याइएको छ । जसमा खोप लगाउने मानिसलाई रेस्टुरेन्टमा फ्रिमा खाना, बियर, बारमा मदिरादेखि गाँजासम्म निशुल्क उपलब्ध गराउने भनिएको छ ।

    कम्पनीहरूले खोप लगाउनका लागि विभिन्न किसिमका अफरहरु ल्याएका छन् । केही सहरमा भने अनिवार्य खोपको आदेश दिएको छ । चीनकाे दक्षिण पश्चिम रूइली सहरमा खाेप अनिवार्य गरिएकाे छ । त्यहाँ २४ घण्टा नै खाेप उपलब्ध गराएर पाँच दिनमा सबै जनसंख्यालाई खाेप लगाइसकेकाे छ ।

    हेनान प्रान्तको एक सहरमा स्थानीय सरकारले खोप नलगाउने व्यक्तिलाई जागीरबाट निष्काशन गर्ने, बालबालिकालाई पढाउन नदिने र घरसम्म जफत गर्ने चेतावनी दिएको छ । 

    अमेरिकामा म्याकडोनाल्ड्स, एटी एन्ड टी, इन्साकार्ट, टागरेट, ट्रेडर जोस, कोबानीलगायतका कम्पनीले खोप लगाउने कर्मचारीलाई नगद रकमसहित केही दिन बिदा दिने निर्णय गरेको छ । कर्मचारीलाई खोप केन्द्रसम्म आउन जानका लागि ३० डलर यातायात खर्च पनि दिने भएको छ ।

    चर्चित दुनोट कम्पनी क्रिस्पी क्रिमले खोप लगाउनेहरुलाई हरेक साता निशुल्क दुनोट दिने बताएको छ । मानिसहरुले मोडर्ना, फाइजर, जोनसन एन्ड जोनसनमध्ये कुनै एक खोप लगाएको कार्ड देखाउनु पर्नेछ । यस्तै, ओहियोमा मार्केट गार्डेन बु्रअरीले सन् २०२१ को सुरुमा खोप लगाउने व्यक्तिलाई निशुल्क बियर उपलब्ध गराउने घोषणा गरेको छ । मिसिगन राज्यमा मेडिकल गाँजा बेच्ने कम्पनीले खोप लगाइसकेका वयस्कहरुलाई फ्रिमा प्रि–रोल्ड ज्वाइन्ट (गाँजा) बाँडिरहेको छ । 

    इजरायलका धेरै रेस्टुरेन्टले खोपको पहिलो डोज लिइसकेका व्यक्तिलाई फ्रिमा खाना र बियर दिनका लागि सरकारसँग सम्झौता गरेका छन् ।

    अमेरिकाको पाँच पश्चिमी राज्य आयोवा, मिसौरी, विस्कन्सिन, टेनेसी र ओक्लाहोमाको आर्केड बार चेनमा खोप लगाउने व्यक्तिलाई पाँच डलर प्रदान गरिएको छ । ओहियोको क्विड ल्यान्डका कतिपय सिनेमाघरमा खोप लगाएको कार्ड देखाएपछि निशुल्क पपकर्न दिइएको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना खाेप

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology