Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एकीकृत समाजवादीकी नेतृ भन्छिन् : एमसीसीकै कारण गठबन्धन टुट्छ भने टुटोस्

एकीकृत समाजवादीकी नेतृ भन्छिन् : एमसीसीकै कारण गठबन्धन टुट्छ भने टुटोस्

  • 406
    SHARES
  • एकीकृत समाजवादीकी नेतृ भन्छिन् : एमसीसीकै कारण गठबन्धन टुट्छ भने टुटोस्

    अछाम । नेकपा एकीकृत समाजवादीकी नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसीसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएकी छन् । ‘राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं । तर, एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौं’, राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भनिन् ।

    कार्यकर्ता भेटघाटमा अछाम पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन हुन नहुने बताइन् । ‘एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन । यो खारेज हुनुपर्छ’, उनको भनाइ छ ।  उनले पाँच दलीय सत्ता गठबन्धन फुटाउने वा जुटाउने कारक एमसिसी बन्न नहुने पनि बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij