Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

लेखा र राजस्व समूहका १६ जना उपसचिवमा बढुवा 

लेखा र राजस्व समूहका १६ जना उपसचिवमा बढुवा 

  • 414
    SHARES
  • लेखा र राजस्व समूहका १६ जना उपसचिवमा बढुवा 

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहका १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

    बढुवा सिफारिस समितिको बिहीबारको बैठकले कार्यक्षमताका आधारमा लेखाका १२ र राजस्वका ४ सहित १६ जनालाई बढुवा सिफारिस गरेको हो ।

    समितिले लेखा समूहका भाष्कर शर्मा नेपाल, यादवप्रसाद न्यौपाने, तुकमान पुनमगर, अशोककुमार गिरी, छविन्द्र बेल्वासे, विष्णुप्रसाद ज्ञवाली, चन्द्रबहादुर सुवेदी, दीपबहादुर थापा, यज्ञराज उप्रेती, होमप्रसाद खतिवडा, चेतराज जोशी र ताराप्रसाद पोखरेललाई बढुवा सिफारिस गरेको हो ।

    त्यस्तै, राजस्व समूहका शोभाकर खनाल, लक्ष्मीकुमार रिमाल, युवराज बस्नेत र सुजितकुमार सिंह पनि बढुवामा परेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij