Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

माओवादी केन्द्रबाट एमाले सरकारमा मन्त्री रहेकाप्रति सूर्य थापाको ढाडस- उहाँहरू लामो राजीनितक यात्रामा हुनुहुन्छ

माओवादी केन्द्रबाट एमाले सरकारमा मन्त्री रहेकाप्रति सूर्य थापाको ढाडस- उहाँहरू लामो राजीनितक यात्रामा हुनुहुन्छ

  • चैत्र २७, २०७७ शुक्रवार ११:३४ बजे
  • 703
    SHARES
  • माओवादी केन्द्रबाट एमाले सरकारमा मन्त्री रहेकाप्रति सूर्य थापाको ढाडस- उहाँहरू लामो राजीनितक यात्रामा हुनुहुन्छ

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य सूर्य थापाले माओवादी केन्द्रका सांसद तथा वर्तमान सरकारमा मन्त्री रहेका चार नेताप्रति प्रशंसा पोखेका छन् ।

    images

    नेकपा छुट्टिएर माआवादी केन्द्र बने पनि एमाले नेतृत्वको सरकारमा बसेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी क्षणिक पदको लाभका लागि नभई लामो राजनीतिक यात्रा हेरेर अघि बढेको तर्क थापाले गरेका छन् ।

    ‘टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी केवल पद प्रतिष्ठाको लागि राजनीति होइन, राजनीतिक निष्ठाको लागि सबथोक हैसियत त्याग गर्ने स्परिटसाथ लामो  यात्रामा अघि बढ्नुभएको छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक समेत रहेका थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    थापाले पुष्पकमल दाहाल (प्रचण्ड)को राजनीतिक उचाइका लागि यी चार नेताले ठूलो त्याग गरेको विचार राखेका छन् ।

    ‘उहाँहरूले हिजो छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी नै छ,’ थापाले प्रचण्डको न्वारनको नाम उल्लेख गर्दै माओवादी इतिहास कोट्याएका छन् ।

  • सम्बन्धित विषय:

  • # सूर्य थापा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology