Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

अक्सिजन सिलिन्डर र स्वास्थ्य उपकरणसहित मतदान केन्द्र पुगे आईसीयूका बिरामी

अक्सिजन सिलिन्डर र स्वास्थ्य उपकरणसहित मतदान केन्द्र पुगे आईसीयूका बिरामी

  • 667
    SHARES
  • अक्सिजन सिलिन्डर र स्वास्थ्य उपकरणसहित मतदान केन्द्र पुगे आईसीयूका बिरामी

    उत्तर प्रदेश । भारतीय चुनावको एउटा ह्दयस्पर्शी चिज भनेको मतदानलाई मानिसहरुले महत्वपूर्ण कर्तव्य ठान्छन् । चुनावकै लागि भनेर विवाह मन्डपबाट बेहुलादेखि आमा बाबुको दुःखमा बसेका क्रियापुत्री मतदान गर्न जान्छन् । तर, एक जना व्यक्तिले यी सबै हद नाघेका छन् । नयाँ दिल्लीको एपोलो अस्पतालमा आइसीयू वार्डमा भर्ना भएका मुकेश त्यागी मतदानकै लागि १०० किलोमिटर यात्रा गरेर बुलेन्डशार जिल्लाको एउटा मतदान केन्द्रमा मतदान गर्न पुगेका छन् । 

    images

    उनलाई मतदान केन्द्रमा ल्याउन पनि भव्य तयारी भएको थियो । अक्सिजन सिलिन्डर, औषधि, नेबुलाइजरलगायतका आवश्यक स्वास्थ्य सुविधासँगै उनी मतदान केन्द्र लगिएको थियो । उनी मतदान केन्द्र पुगेको भिडियो भाइरल भएको छ । उनको लगावप्रति अधिकांश मानिस मन्त्रमुग्ध थिए । उनी तीन महिनादेखि अस्पतालमा उपचारार्थ छन् ।मतदानका लागि उनले व्यक्तिगत रुपमा ट्रली व्यवस्था गरेका थिए । मतदान केन्द्रसम्म जानका लागि सम्पूर्ण स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न उनले चिकित्सकलाई अनुरोध गरेका थिए । 

    बिहीबारदेखि सुरु भएको उत्तर प्रदेशको विधान सभा निर्वाचनमा मतदान भइरहेको छ । निर्वाचनअन्तर्गत पहिलो चरणमा ११ जिल्लाका ५८ क्षेत्रमा निर्वाचन भइरहेको छ । ४०३ सदस्य निर्वाचित हुने उत्तर प्रदेश विधान सभामा ७ चरणमा निर्वाचन हुँदैछ । अन्तिम चरणको मतदान ७ मार्चमा हुनेछ भने मतगणतना १० मार्चदेखि सुरु हुनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology