Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

‘मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन’

‘मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन’

  • 465
    SHARES
  • ‘मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन’

    काभ्रे । बाग्मती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईंंले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताएकी छिन् ।

    मण्डनदेउपुर नगरपालिका-१० स्थित चण्डेनीमण्डन पशु बिमा सहकारी संस्थाको १९औं साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकारले मकै रोप्ने समयमा मलको अभाव हुन नदिनेसमेत दाबी गरिन् ।

    ‘यसअघि गलत व्यवथापनले सरकारले दिएको अनुदानको सदुपयोग हुन सकेन, नेपालमै दुई लाख मेट्रिक टन क्षमताको मल कारखाना खोल्न सरकारले अध्ययन गरिरहेको छ, सबै पक्षको सहयोग हुने हो भने स्वदेशमै पनि मल कारखाना खोल्न सकिन्छ’, उनले भनिन् ।

    मन्त्री हुमागाईंले सबैखाले बिमा गर्न जनचेतनाको आवश्यकता औँल्याउँदै खोरेत रोग अन्त्यको कार्यक्रम, विज्ञहरुको सुझावमा कृषि ऐन निर्माण, किसानलाई कार्ड वितरण, सहुलियत ऋण कार्यविधि निर्माणलगायतका विषयमा प्रदेश सरकारले प्राथमिकताका साथ काम सुरु गरेको जानकारी दिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij