Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार दिवस र बन्धुलाई

कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार दिवस र बन्धुलाई

  • 549
    SHARES
  • कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार दिवस र बन्धुलाई

    काठमाडौं । कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानले ‘कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार’ विसं २०७७ का लागि प्रा तुलसी दिवस र २०७८ का लागि प्रा.डा.चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय गरेको छ ।

    images

    संस्कृति एवं लोकसाहित्यका अनुसन्धानदाता स्रष्टा कालीभक्तको नाममा स्थापित सो पुरस्कार विसं २०७५ सालदेखि प्रदान गर्दै आएकामा गत वर्ष कोरोना महामारीका कारण घोषणा हुन सकेको थिएन ।

    नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अनुसन्धान गरी विभिन्न कृति प्रकाशन गर्नाका साथै आफ्ना कविताका माध्यमबाट नेपालको लोकवार्ता, साहित्य र संस्कृतिलाई विभिन्न क्षेत्र एवं विश्वसामु परिचित गराएवापत प्रा दिवसलाई गत वर्षको सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष डा. पार्थीवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

    उनका अनुसार यसवर्ष पुरस्कार नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अनुसन्धान गरी विभिन्न कृति प्रकाशन गर्नाका साथै प्राध्यापन र आफ्ना अनुसन्धानात्मक कृति एवं पुस्तक प्रकाशनका माध्यमबाट नेपालको लोकवार्ता, लोकसाहित्य र संस्कृतिलाई स्वदेश एवं विश्वसामु परिचित गराउनु हुने प्रा.डा. बन्धुलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

    यसअघि सो पुरस्कार २०७५ मा संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो भने विसं २०७६ मा लोकगीतका प्रवर्द्धक कृष्ण कँडेललाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ ।

    पुरस्कार प्रत्येक वर्ष कालीभक्त पन्तको स्मृति दिवसको अवसरमा यही फागुन ६ गते प्रदान गरिने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । कालीभक्त तथा कृष्णाका छोरा-बुहारी गोविन्दप्रसाद पन्त एवं श्रीमती उर्मिला पन्त तथा नाति-नातिनी महेश्वर, पर्मेश्वर र छोरी अन्जु पन्त-रावलको पहलमा उक्त पुरस्कार स्थापना गरिएको हो ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology