Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमसीसीको विरोधमा नेकपा एसले गर्‍याे सर्लाहीमा प्रदर्शन 

एमसीसीको विरोधमा नेकपा एसले गर्‍याे सर्लाहीमा प्रदर्शन 

  • 1.0K
    SHARES
  • एमसीसीको विरोधमा नेकपा एसले गर्‍याे सर्लाहीमा प्रदर्शन 

    सर्लाही । नेकपा (एकीकृत समाजवादी) आवद्ध  जनवर्गीय संगठनले आइतबार एमसीसीको विरोधमा सर्लाहीको हरिवनमा प्रदर्शन गरेका छन ।

    युवा संघ नेपाल, अनेरास्ववियू, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले राष्ट्रिघाती एमसीसी परियोजना तुरुन्त खारेज हुनुपर्ने माग राख्दै प्रदर्शन गरेको पार्टीको प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले बताए ।

    नेकपा एकीकृत समाजवादीका कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको जुलुसले नाराबाजी गर्दै हरिवन नगर परिक्रमा गरेको थियो ।  जुलुसमा राष्ट्रघाती एमसीसी परियोजना खारेज गर, अमेरिकी सेना चाहिदैन–एमसीसी ल्याउन पाईंदैन, बिजुली–बाटो बहाना हो–हस्तक्षेप गर्ने चाहाना हो जस्ता नारा सहभागीले लगाएका थिए ।

    नगरपरिक्रमा पछि आयोजित कोणसभामा नेताहरु उत्तर कुमार मैनाली, जय गोले, राज कुमार बिक, लिली घिसिङ लगायले सम्बोधन गरेका थिए । नेकपा एकिकृत समाजवादीले आइतबार आयोजना गरेको राष्ट्रव्यापी विरोध कार्यक्रमअन्तर्गत हरिवनमा प्रदर्शन गरिएको प्रचार विभाग प्रमुख वाग्लेले जानकारी दिए । 

    pradarsan Harion nepaka us.jpg

  • सम्बन्धित विषय:

  • # नेकपा एस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij