Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन पोखरामा

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन पोखरामा

  • फाल्गुण १, २०७८ आइतवार २१:३२ बजे
  • 460
    SHARES
  • काठमाडौं । नेपालकै जेठो साहित्यिक संस्था नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समितिका संयोजक डा। रत्नमणि नेपालको अध्यक्षतामा आइतबार बसेको बैठकले आगामी १८–१९ चैतमा सम्पन्न हुने नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ । 

    images

    यसका अलावा बैठकले नेपाली लेखक संघको विधान, २०६४ लाई संशोधनका लागि डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा तर्जुमा समितिले तयार पारी पेस गरेको विधान मस्यौदा परिमार्जनसहित अनुमोदन गरी केन्द्रीय कार्यसमिति तथा साधारणसभामा पेस गर्ने निर्णय पनि गरेको छ ।

    संघको अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने आर्थिक स्रोत संकलन गर्नका लागि मूल आयोजक समितिका संयोजक एवं केन्द्रीय कार्यसमितिका महासचिव डा। रत्नमणि नेपालको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन उपसमिति गठन गर्नेसमेत निर्णय गरेको छ । 

    संघका महासचिव एवं मूल आयोजक समितिका संयोजक डा. रत्नमणि नेपालका अनुसार जिल्ला शाखा गठन भएका जिल्लाहरूबाट सम्बन्धित शाखा मातहतमा रहेका साधारण तथा आजीवन सदस्यहरूको ८ फागुनभित्र नामावली संकलन गर्नका लागि सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष तथा सचिवहरूमार्फत पत्राचार गरी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

    साथै, सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने विनियमको मस्यौदा तयार गरी पेस गर्नका लागि सदस्य सचिव एवं केन्द्रीय कार्यसमितिका सचिव नवीनचन्द्र घिमिरेको संयोजकत्वमा ३ सदस्यीय विनियम मस्यौदा तर्जुमा समिति गठन गर्ने निर्णय गरिएको डा. नेपालले बताए ।

    नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनको तयारीसमेतलाई दृष्टिगत गर्दै आगामी १४ फागुन शनिबार मूल आयोजक समिति, सल्लाहकारहरू तथा अग्रज साहित्यकार, लेखकहरूसहितको समुपस्थितिमा परामर्श भेला तथा साहित्यिक कार्यक्रम संचालन गर्न लागिएको समेत जनाइएको छ । 

    बैठकले नेपाली लेखक संघका केन्द्रीय सदस्य बालकृष्ण थपलियाकी ममतामयी माता धनकुमारी थपलियाको गत २९ माघमा असामयिक दुखद् निधन भएकामा शोक प्रस्ताव पारित गर्दै शोकाकुल परिवारजनमा समवेदना ज्ञापन गर्ने निर्णय गरेको छ ।

     


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology