Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चिसो बढेपछि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै

चिसो बढेपछि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै

  • 588
    SHARES
  • चिसो बढेपछि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै

    डोटी । डोटी जिल्लामा हिमपातका कारण चिसो बढेपछि रुघाखोकी तथा ज्वरोका बिरामीको संख्या बढ्दै गएका छन् । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा ज्वरो र रुघाखोकीका बिरामीको चाप बढ्दै गएको हो ।

    यहाँका अस्पतालमा दैनिकजसो सयौंको संख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि अस्पताल आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताए ।

    उनले भने, ‘हिमपातले चिसो बढाएको छ, बालबालिका तथा वृद्धवृद्धामा ज्वरोको समस्या देखिएको छ, उपचारका लागि आउने गरेका छन्, अस्पतालमा बिरामीको भीड लाग्दैछ ।’ जिल्ला अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामीको संख्या दैनिक बढ्दै गएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए ।

    उनकाअनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो ३० देखि ४० जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी छन् ।

    जिल्लामा केही दिनयतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा ताताे पानी, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन् ।

    चिसो मौसम भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन जिल्ला अस्पतालले सबैमा आग्रह गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij