वेबटिभी खबर
काठमाडौं । सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से )मा अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अंकले उकालो लागेर २ हजार ७ सय ९८ अंकमा मा पुगेको छ ।
आइतबार १ सय भन्दा बढीले ओरालो लागेको नेप्से परिसूचक आज केही अंकले बढेपनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३७ अंकले घटेर ५११.३० मा पुगेको छ । नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर ३ अर्ब ६८ करोड ४० लाख ९ हजार मूल्यमा खरिद बिक्री भएछ ।
नेप्सेकाअनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ५ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ ३.२२, व्यापार ३९.५१, निर्जीवन बीमा १४.३६, उत्पादन ३५.२८ र सामूहिक लगानी कोष ०.०४ अंकले घटेको बजारमा, होटल तथा पर्यटन १८.४५, विकास बैंक १६.३२, जीवन बीमा ५२.४९, जलविद्युत् ५.३७, वित्त ४.८८, अन्य ०.३३ र लघुवित्त १३.४ अंकले उकालो लागेको छ ।
कारोबारका आधारमा यसदिन नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५४ करोड ९१ लाख ९३ हजार २५४ मूल्य बराबरको कारोबार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी १७ करोड ७ लाख ८३ हजार ९, अरुणभ्याली हाइड्रोपावर कम्पनी १५ करोड २३ लाख ७६ हजार १२५, अपी पावर कम्पनी ११ करोड ५८ लाख ४२ हजार ५५७ र हिमालयन डिष्टिलरीको ११ करोड ४८ लाख ४९ हजार ६६८ मूल्य बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बढ्नेमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताका शेयर मूल्य सबैभन्दा धेरै ८.१३ प्रतिशतले बढ्यो । यस्तै सपोर्ट माइक्रोफाइनान्स ४.७२, नेशनल हाइड्रोपावर कम्पनी ४.२८, किसान लघुवित्त वित्तीय संस्था ३.६ र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य ३.५५ प्रतिशतले बढेको छ ।
त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्य २३ अंकले घटेको आजको कारोबारमा प्राइम इन्स्युरेन्सको २४, नेपाल लाइफ इन्सुरेन्सको १९, एनआइवीएल समृद्धी फण्ड-२को ०.२० र सनराइज ब्लुचिप फण्डको शेयर मूल्य ०.१९ अंकले घटेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij