Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

रोहिणी र ओमसतिया गाउँपालिका अध्यक्ष एमाले प्रवेश 

रोहिणी र ओमसतिया गाउँपालिका अध्यक्ष एमाले प्रवेश 

  • 1.0K
    SHARES
  • रोहिणी र ओमसतिया गाउँपालिका अध्यक्ष एमाले प्रवेश 

    बुटवल । रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रवेश गरेका छन् ।

    नेकपा एमाले जिल्ला कमिटी रूपन्देहीले सोमबार रोहिणी गाउँपालिका-३ स्थित धकधईमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित भएका थिए । त्यस्तै ओमसतियाका अध्यक्ष राहुल नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए ।

    त्यस्तै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीपकुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गरेका छन् ।

    ओमसतिया उपाध्यक्ष हरिजन गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट ओमसतिया उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

    उनीहरूलाई एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, पोलिटब्यूरो सदस्य लीला गिरी, दधिराम न्यौपानेलगायतका नेताले पार्टीमा प्रवेश गराएका हुन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij