Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

निर्वाचन रोक्न गठबन्धनकै दलबाट प्रयास भइरहेको छ: उपाध्यक्ष पौडेल

निर्वाचन रोक्न गठबन्धनकै दलबाट प्रयास भइरहेको छ: उपाध्यक्ष पौडेल

  • 505
    SHARES
  • निर्वाचन रोक्न गठबन्धनकै दलबाट प्रयास भइरहेको छ: उपाध्यक्ष पौडेल

    भैरहवा । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले जनताले सरकारको अनुभुति नै गर्न नपाएको टिप्पणी गरेका छन् ।

    एमाले रुपन्देहीले धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताले सरकारको अनुभुति गरेपनि अहिलेको सरकार छ(छैन भनेर जनताले अनुभुति नै गर्न नपाएको बताए ।

    'गठबन्धन सरकार सम्पूर्ण रुपमा असफल छ, यो सरकारले न त विकास गर्न सकेको छ, न त शान्ति सुरक्षा दिन,' उनले भने ।  सरकारले देशलाई आर्थिक संकटमा पुर्‍याएको दाबी गर्दै उनले भने- 'देशमा विदेशी मुद्राको संचिति सकिएको छ, महँगी बढेको छ । पुँजीगत खर्च हुन सकेको छैन ।'

    स्थानीय तहको निर्वाचन हुन नदिन गठबन्धनकै दलहरुले कोसिस गरिरहेको उनले बताए । यो निर्वाचन रोक्न र छेक्न भित्रबाट अनेक कोसिस अझै पनि भइरहेको बताउँदै नेता पौडेलले कुनै पनि बहानामा निर्वाचन रोक्ने नदिइने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij