Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

भोलि संसदमा एमसीसी पेस हुन्छ : कानूनमन्त्री

भोलि संसदमा एमसीसी पेस हुन्छ : कानूनमन्त्री

  • 512
    SHARES
  • भोलि संसदमा एमसीसी पेस हुन्छ : कानूनमन्त्री

    काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुने बताएका हुन् ।

    पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेको मन्त्री बडुको भनाई छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न राजनीतिक परिस्थिति र पेचिलो बन्दै गएको छ ।

    अहिले एमसीसीको विषयमा आवश्यक निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । हिजो बोलाइएको संसद बैठक भोलिलाई सारिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij