Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

वाह्य शक्तिको भक्तिगर्ने कांग्रेसको चरित्र एमसीसीमा फेरिएनः रावल

वाह्य शक्तिको भक्तिगर्ने कांग्रेसको चरित्र एमसीसीमा फेरिएनः रावल

  • फाल्गुण ३, २०७८ मंगलवार २०:०१ बजे
  • 438
    SHARES
  • वाह्य शक्तिको भक्तिगर्ने कांग्रेसको चरित्र एमसीसीमा फेरिएनः रावल

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेर वाह्य शक्तिको भक्ति गरेको आरोप लगाएका छन् । 

    नेपाली कांग्रेसको संसदी दल र कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको भन्दै रावलले सामाजिक सञ्जालबाट यसअघिका धेरैवटा सम्झौतामा वाह्य शक्तिको भक्ति गरेको कांग्रेसको चरित्र नफेरिएको उनको आरोप छ । 

    '२००७ साल यता धेरै राजनीतिक उथलपुथल भएका छन्। जनतामा निकै जागरण र चेतना बढेको छ। तर सत्तास्वार्थमा १९५० को असमान सन्धिको समर्थन,कोशी, गण्डकी, महाकाली र कर्णाली सम्झौतामा वाह्य शक्तिको भक्ति गरिएको नेकांको चरित्र नफेरिएको राष्ट्रघाती प्रावधानसहित एमसीसी अनुमोदन गर्ने निर्णयले देखायो,' रावलले भनेका छन् । 

    Avatar

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij