Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दक्षिण कोरियामा अहिलेसम्मकै धेरै संक्रमित

दक्षिण कोरियामा अहिलेसम्मकै धेरै संक्रमित

  • 593
    SHARES
  • दक्षिण कोरियामा अहिलेसम्मकै धेरै संक्रमित

    सउल । दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरू भेटिएका बताइएको छ ।

    यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ९० हजार ४४३ जना कोरोना संक्रमित देखिएका छन् ।

    सो निकायका अनुसार अहिलेसम्म यहाँ १५ लाख ५२ हजारजना कोरोना संक्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक ५० हजार जनाभन्दा बढी नै संक्रमित देखिएका छन् ।

    तर यहाँ एकै दिन ९० हजार देखिएको भने यो पहिलो पटक हो । यहाँका अधिकारीहरूले कोरियामा पछिल्ला हप्ताहरूमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।

    उनीहरूले नागरिकहरूले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरूमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij