Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव सामान्य, शान्तिपुर्ण प्रर्दशन

कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव सामान्य, शान्तिपुर्ण प्रर्दशन

  • 520
    SHARES
  • कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव सामान्य, शान्तिपुर्ण प्रर्दशन

    धनगढी । एमसीसीको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव कैलाली, कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ । एमसीसीको विरोधमा ६ दलीय मोर्चाले नेपाल बन्द आह्वान गरेको थियो ।

    प्रहरीकाअनुसार कैलाली र कञ्चनपुरका बजार क्षेत्र फाटफुट बन्द रहेका छन् । बजार क्षेत्रमा विद्युतीय रिक्सा र मोटरसाइकल चलेका छन् भने ठूला सवारीसाधन बन्द रहेका छन् ।

    बजार क्षेत्रबाहेकका स्थानमा भने ठूला सवारीका साधान पनि चलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक रबिन बिष्टले बताए ।

    उनकाअनुसार कैलालीमा बन्दकर्ताले शान्तिपुर्ण रुपमा प्रदर्शन गरेपनि कुनै अप्रिय घटना भने भएको छैन । जिल्ला प्रहरी कार्यादलय कञ्चनपुरका प्रबक्ता सिद्धराज न्यौपानेले पनि जिल्लामा बन्दको सामान्य प्रभाव रहेको बताए ।

    जिल्ला बाहिरबाट आएका सबै सार्वजनिक सवारीलाई कञ्चनपुर भित्र्याइएको उनले जानकारी दिए । नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना हुन नदिन बिहान ५ बजेदेखि प्रहरी परिचालन गरिएको थियो ।

    सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसमा बिहानी कक्षा सञ्चालन भएपनि दिउँसोको समयमा भने सबै शैक्षिक संस्था बन्द भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij