Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सात महिनामा सप्तरीमा लागु औषधको कारोबारका ५६ मुद्दा दर्ता

सात महिनामा सप्तरीमा लागु औषधको कारोबारका ५६ मुद्दा दर्ता

  • 377
    SHARES
  • सात महिनामा सप्तरीमा लागु औषधको कारोबारका ५६ मुद्दा दर्ता

    सप्तरी । सप्तरीमा लागुऔषध कारोबारमा वृद्धि भएको प्रहरीको तथ्या‌ंकले देखाएको छ ।  पछिल्लो पटक २९ माघमा  राजगढ गाउँपालिका– १ झुटकीका २४ वर्षीय शिवशंकर यादवलाई प्रहरीले लागुऔषधसहित पक्राउ गर्‍यो । 

    images

    विशेष सूचनाको आधारमा पुगेको प्रहरीले यादवको घरको शौचालयको छेउमा लुकाइ राखिएको कालो झोलामा प्रतिबन्धित लागुऔषध फेनारगन ९७ एमपुल र डाइजेपाम ९९ एमपुल बरामद गरेको थियो । 

    ६ माघमा छिन्नमस्ता गाउँपालिका१ स्थित कोसी नहरबाट एक युवक र दुई किशोर पक्राउ परेका थिए। केही दिनअघिमात्र सदरमुकाम राजविराजस्थित गुलाव ग्यारेजबाट काठमाडौं लैजान तयार पारेको अवस्थामा ठूलो परिणाममा लागू ओषध फेला पर्‍यो ।

    चालु आर्थिक वर्षमा ६३ जना लागु औषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा १९ देखि ३० वर्ष उमेर समूहका रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए।

    उनका अनुसार यसअवधिमा ५६ वटा मुद्दा दर्ता भइसकेको छ। खुला सिमानाका कारण लागु औषध कारोबार बढेको प्रमुख काफ्लेको भना छ । लागू औषध मधेस प्रदेशका जिल्ला, काठमाडौं तथा देशका ठूल्ठूला सहरमा ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ। 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology