Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

किसानलाई व्यवसायिक खेती गर्न आकर्षण गर्दै गाँउपालिका

किसानलाई व्यवसायिक खेती गर्न आकर्षण गर्दै गाँउपालिका

  • 438
    SHARES
  • किसानलाई व्यवसायिक खेती गर्न आकर्षण गर्दै गाँउपालिका

    नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले कृषिमा सम्लग्न किसानलाई व्यवसायिक खेती गर्न आकर्षण गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो ।

    गाउँपालिकालाई कृषिबाट आर्थिक समृद्धि बनाउनका लागि ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित धेरै कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताइन् ।

    उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्न गाउँपालिकाले प्रोत्साहन गर्नाका साथै बसन्ते मकै र धानको पकेट क्षेत्रका रुपमा विकास गर्दै लगेको छ ।

    यहाँको हावा, पानी र उर्वर माटोका कारण गाउँपालिकालाई बसन्ते मकै, धान र तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने गाउँपालिका कृषि शाखा प्राविधिक सहायक धनञ्जय शर्माले बताए । उनका अनुसार पालिकामा अझै बस्तीको विकास भइनसकेको र यहाँको माटोमा उर्वर शक्ति बढी रहेकाले कृषि कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरी आर्थिक समृद्धि गर्न सकिने बताए ।

    अहिले गाउँपालिकाको वडा नं ४ र ५ लाई बसन्ते मकै र धानको पकेट क्षेत्रका रुपमा लिइएको छ । यी वडामा विषेशगरी यहीं अन्नबाली लगाउँदै आइएको छ । राम्रो र बढी उत्पादन हुने भएकाले यही बालीलाई किसानले प्राथमिकता दिएका हुन् ।

    गाउँपालिकाले युवा किसानमा बढ्दो बिचलनलाई नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न निःशुल्क तथा अनुदानमा विभिन्न अन्नबाली र तरकारीको बीउ वितरण गर्दै आएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको हाइब्रेट बीउ वितरण गरिरहेको प्राविधिक शर्माले बताए ।

    कृषि शाखाका अनुसार यसवर्ष १ हजार ८ सय किसानलाई मिनी किट वितरण गर्ने लक्ष्य रहेको छ । ५० प्रतिशत अनुदानमा ४०० किसानलाई तरकारीको बीउ र  च्याउको बीउ वितरण गरिरहेको र च्याउ उत्पादन गर्न चाहने थप १ हजार ५ सय किसानलाई बीउ वितरण गरिने उनको भनाइ छ ।

    गाउँपालिकाले किसानले खेती गर्दा देखिने समस्यालाई स्थलगतरुपम समाधान गर्न अनुगमनपछि निराकरणको उपाय अबलम्बन गर्न लगाउने गरिएको जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij