Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

फरार प्रतिवादी २० वर्षपछि पक्राउ

फरार प्रतिवादी २० वर्षपछि पक्राउ

  • 353
    SHARES
  • फरार प्रतिवादी २० वर्षपछि पक्राउ

    काठमाडौं । ज्यान मार्ने उद्योग तथा चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । आँधिखोला गाउँपालिका–५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई प्रहरीले घटना घटेको २० वर्षपछि बुधबार पक्राउ गरेको हाे ।

    images

    शंकरले आँधिखोला गाउँपालिका–५ बस्ने बल बहादुर बोगटीलाई २०५३ वैशाख २ गते बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाएर पैसा चोरी गरेका थिए । घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पोखराले २०५८ वैशाख २ गते उनलाई ५ वर्ष कैद सजाय फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए । 

    उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट फेला पारी पक्राउ गरेको हो । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology