काठमाडौं । सत्ता गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। गठबन्धनको बैठकमा एमसीसी बारे सहमति नजुटेपछि देउवा ओली भेट्न बालकोट पुगेका हुन्।
फागुन १६ गते एमसीसी अनुमोदन गर्ने प्रतिवद्वता गरेकाले उनी पछिल्लो समय सक्रिय भएका थिए। प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् । बिहीबार नै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीसँग भेट गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij