Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

रौतहटमा सवारी दुर्घटना एकको मृत्यु ,चालक फरार

रौतहटमा सवारी दुर्घटना एकको मृत्यु ,चालक फरार

  • 617
    SHARES
  • रौतहटमा सवारी दुर्घटना एकको मृत्यु ,चालक फरार

    रौतहट । रौतहटको दुर्गाभगवती गाँउपालिका-२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आँउदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते भएका मोटरसाईकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

    दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij