Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बैतडीमा हवाई सेवा सञ्चालन

बैतडीमा हवाई सेवा सञ्चालन

  • 746
    SHARES
  • बैतडीमा हवाई सेवा सञ्चालन

    बैतडी । डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ  । गत पुस १६ गते धनगढी-बैतडी-धनगढी उडान भएपनि त्यसयता हवाई सेवा बन्द रहेको थियो ।

    मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिए ।

    उनले भने, ‘यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा हुन सकेको थिएन, मौसम सुधार भएपछि सञ्चालनमा आएको छ ।’ धनगढीबाट १३ यात्रु लिएर आएको र यहाँबाट १८ यात्रु लगेर जहाज गएको भट्टको भनाइ छ ।

    साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको छ । गएको डेढ महिनामा तराईमा हुस्सु, पडाडमा वर्षा र हिमपातले गर्दा उडान हुन नसकेको हो ।

    मौसम सफा हुँदै गएकोले अबदेखि साताको एकदिन शुक्रबार नियमित उडान हुने विमान स्थलले जनाइएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij