Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

  • 529
    SHARES
  • टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

    काठमाडौं । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ ।

    राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।

    समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अंकित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

    कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै ‘यो नेपाली शीर उचाली’सहित देशप्रेमले भरिपूर्ण राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij