Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पाँच गिद्ध देशको धुरीमा छन्,कसरी राम्रो हुन्छ : अध्यक्ष ओली

पाँच गिद्ध देशको धुरीमा छन्,कसरी राम्रो हुन्छ : अध्यक्ष ओली

  • 691
    SHARES
  • पाँच गिद्ध देशको धुरीमा छन्,कसरी राम्रो हुन्छ : अध्यक्ष ओली

    काठमाडौं । अहिलेको सत्तागठबन्धनमा आवद्ध पाँच दललाई ‘गिद्ध’को संज्ञा दिँदै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ भन्दै प्रश्न गरेका छन् ।  उनले भने ‘एउटा मात्रै गिद्ध धुरीमा बस्दा त राम्रो मानिँदैन, अहिले त पाँच-पाँच वटा गिद्ध बसेका छन् कसरी देशको विकाश हुन्छ ?’

    भक्तपुरको सूर्य विनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि दाबी गरे । उनले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताए । उनले भने- देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij